महुली लघुवित्तको शेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेले महुली लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । । कम्पनीले नव किरण लघुवित्तसँग मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो ।

बुधबार महुली र नव किरण लघुवित्तले १००:९५ अनु्पातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौतापत्रमा महुली लघुवित्तका तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरण लघुवित्तको तर्फबाट मोहन हरी आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन, प्रमुख कार्यकारी अधिकृत र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल रहे बमोजिम नै रहने छ । महुलीको मुख्य कार्यालय सप्तरीमा छ। नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ ।

दुई संस्था १००:९५ को स्वापमा मर्ज हुन् लागेका हुन् । तर डिडिएपछि स्वाप रेसियो १० प्रतिशत भन्दा बढी तलमाथि भएमा शेयर स्वाप परिमार्जन हुन सक्ने सहमति भएको छ । मर्जरपछि आगामी बैशाख भित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ ।

महुली र नव किरण लघुवित्तबीच मर्जर सम्झौता, वैशाखभित्र एकीकृत कारोबार