प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २४ गते आह्वान गरेको २४ औं वार्षिक साधारण सभाका लागि माघ १० गते शेयर दाखिल खारेज दर्ता बन्द गर्दैछ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन माघ ९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

इन्स्योरेन्सको साधारण सभाले गत आव २०७५/७६ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । पाँच प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।