लघुवित्तहरुमै ठूलो आईपीओ निष्काशनको अनुमति माग

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लघुवित्त कम्पनीहरुमध्ये हालसम्मकै ठूलो आईपीओ निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डको अनुमति मागेको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति मागेको हो।

आईपीओ जारी गर्न लघुवित्तले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ। लघुवित्तको आईपीओलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। ग्रेड ४ प्लस रेटिङ्गले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कम आधार जनाउँछ।

२०७४ मंसिर १२ गतेदेखि जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालमा आएको लघुवित्तको १८ जिल्लामा ६१ शाखा कार्यालय सञ्चालनमा रहेका छन्।