मालपोतका खरिदार एक लाख ५० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, महेन्द्रनगर कन्चनपुरकी खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको छ।

जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती गरी उक्त काम गरिदिए वापत घुस रकम माग गरी दुस्ख हैरानी दिएको भन्ने उजुरीको आधारमा आयोगले पक्राउ गरेको हो ।

खरिदार रोकायाले सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि हुन आएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एक लाख पचास हजार बिगो मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।