‘उद्यमी व्यवसायीका समस्या समाधान गर्न एकद्धार प्रणाली’ : राज्यमन्त्री दुगड

0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रेमिट्यान्सले देश चल्न नसक्ने भन्दै उद्योग व्यवसायको विकासमा जोड दिएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सिर्जना गर्न सकेमात्रै देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सक्ने बताए ।

मुलुकमा सञ्चालित साना, मझौला र ठूला उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै मन्त्री दुगडले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताए ।

उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउँदै उनले भने – ‘उद्यमी व्यवसायीहरु जबसम्म समृद्ध हुन सक्दैनन्, जबसम्म उनीहरु सुखी हुँदैनन, जब उनीहरुलाई आफ्नो काम प्रति सन्तोष हुँदैन तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुनप¥यो अनिमात्रै देश समृद्ध हुन्छ ।’

त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको भन्दै उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे ।

साना, मझौला र ठूला उद्योग व्यवसायमा महिलालाई पनि समेट्दै लैजानुपर्ने सुझाव दिंदै मन्त्री दुगडले भने – ‘उद्योग व्यवसायमा पुरुषको तुलनामा महिला झनै शक्तिशाली हुन्छन् । हाम्रो समाज पुरुष पधान समाज छ जहाँ पनि पुरुषले मौका र अवसर पाउँछन् तर यस्तो मौका र अवसर महिलाले पाए भने झनै धेरै गरेर देखाउन सक्छन् ।