एनएमबि लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाले लिलामी मार्फत बिक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज (माघ १२ गते) अन्तिम दिन हो।

लघुवित्तले गत माघ ५ गतेदेखि १ लाख ८ हजार ७३३ कित्ता सर्वसाधारण समूहको शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको थियो।

लघुवित्तले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्कासन गरेको १ बराबर १.५ अनुपात हकप्रदमा बिक्री नभएको शेयर लिलामी राखेको थियो।

ईच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा १०० कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रकन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, एनएमबि लघुवित्तको कार्यालय पोखरा हेम्जा, तथा सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सकिनेछ।

धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ८१३ रुपैयाँमा कारोबार भैरहेको छ।