मितेरी डेभलपमेन्ट बैंकको नाफा २५ प्रतिशतले बढ्यो

0
Shares

मितेरी डेभलपमेन्ट बैंकको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढेको छ । आर्थिक वर्ष २०७५/७६ को यसै अवधिको तुलनामा बैंकले २४.८० प्रतिशतले नाफा बढाएर ८ करोड ३५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यससँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

अघिल्लो आवको यसै अवधिमा बैंकले ६ करोड ६९ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको ६ महिनाको वितरणयोग्य नाफा ३ करोड ८६ लाख २ हजार छ भने सञ्चित वितरणयोग्य नाफा १७ करोड १२ लाख २७ हजार रहेको वित्तीय विवरणमा उल्लेख छ।

चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १६ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ । पुस मसान्तसम्ममा ४ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्ब २४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अघिल्लो आवका यसै अवधिमा बैंकले ४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ३ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चालु आवको ६ महिना अवधिमा बैंकले १३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले जबकी अघिल्लो आवको यसै अवधिमा बैंकको यस्तो आम्दानी १२ करोड ८५ लाख मात्र थियो। बैंकको सञ्चालन नाफा पनि ९ करोड ५५ लाखबाट बढेर ११ करोड ९२ लाख कायम भएको छ ।

बैंकमा निष्कृय कर्जा ०.३० प्रतिशत रहेको छ ।  मूल्य आम्दानी अनुपात १०.१२ गुणा, र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ ।