मर्जर प्रकृयामा रहेको धौलागिरी लघुवित्तको यस्तो छ दोस्रो त्रैमासको प्रगति

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षका दोस्रो त्रैमासमा ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आधीँखोला लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृयामा रहेको यस लघुवित्तले चालु आवको प्रथम त्रैमासमा ४४ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिका लघुवित्तले ४३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन तथा १३ करोड ४० लाख सापटीबाट ७७ करोड ०९ लाख रुपेयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

पुस मसान्तसम्म लघुवित्तले ३ करोड ७१ लाख खुल ब्याज आम्दानी र १ करोड ४ लाख सञ्चालन नाफा कमाएको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६४ पैसा रहेको छ भने निष्क्रिय कर्जा अनुपात १.८८ प्रतिशत रहेको छ।

वाग्लुङ्गमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त नेप्सेमा सूचीकृत छैन।

२०७७ वैशाख १ बाट सयुंक्त कारोबार गर्ने योजना सहित पुस २ गते बुधबार धौलागिरी लघुवित्त वित्तीय संस्था र स्याङजाको वयरघारीमा केन्द्रीय कार्यालय रहेको आधिँखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्झौतापत्रमा दुबै संस्थाका मर्जर समितिका संयोजकहरुले हस्ताक्षर गरेका थिए।

यो मर्जरपछी संस्थाको नाम र अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारीले निरन्तरता पाउनेछन्। प्रमुख कार्यकारी अधिकृतमा भने आधिँखोला लघुवित्तका डोलराज केसी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको छ ।

मर्जरपछि एकीकृत कम्पनीको चुक्ता पूँजी १७ करोड पुग्नेछ भने ५५ शाखा कायम हुनेछ।