सारथी लघुवित्तमा रोजगारीको अवसर

0
Shares

रोजगारीको खोजीमा हुनेहरुका लागि सारथी लघुवित्त वित्तीय संस्थाले जागिर दिने भएको छ । वरिष्ठ सहायकका लागि केही, शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

दमौलीमा केन्द्रीय कार्यालय रहेको संस्थाले वरिष्ठ सहायकका लागि केही, शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको आवश्यकता रहेको भन्दै रोजगारीको सूचना प्रकाशनमा ल्याएको छ ।

संस्थामा खुलाएको रोजगारीमा न्यूनतम एसएलसी पास हुनेलाई पनि अवसर पाउनेछन् ।

लघुवित्तले ईच्छुक,दक्ष तथा योग्यता पुगेका उम्मेद्वारले विज्ञापन प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन संस्थाको प्रधान कार्यालय दमौली वा शाखा कार्यालय तथा इमेल ठेगानामा समेत पठाउन सकिने जनाएको छ ।

१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका आवेदकले वायोडाटा, नेपाल नागरिकता, शैक्षिक योग्यता, तालिम, अनुभव लगायतको प्रतिलिपिहरु र १ थान फोटो संलग्न गरि पेश गर्नुपर्नेछ ।