राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले माघ १३ गते सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ट्रेजरी बिलको पुन नवीकरण गर्न लागेको हो।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने ९१ दिन अवधिको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

माघ १४ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिल २०७७ बैशाख १६ गते परिपक्व हुनेछ। माघ ६ गते राष्ट्र बैंकले बिक्री गरेको २० करोडको ट्रेजरी बिलमा ४.४८८२ औषत डिस्काउन्ट दर कायम भएको थियो।

एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन ट्रेजरी बिलको प्रयोग गर्ने गरिन्छ ।