सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको हो।

११० बालबालिकाहरुको लागि न्यानो कपडा बंैकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।