कामना सेवाको वितरणयोग्य मुनाफा साढे ६ करोड माथि

0
Shares

कामना सेवा विकास बैंक (KSBBL) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा ६ करोड ५५ लाख ८२ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

पुस मसान्तसम्म १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले राष्ट्र बैंकले तोकेको बैधानिक जगेडा र नियामकीय जगेडा कोषमा रकम छुट्याए पश्चात सो रकम बराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको हो । बैंकको हालसम्म शेयरधनीलाई वितरण गर्न मिल्ने रकम ९ करोड ५२ लाख २७ हजार रुपैयाँ रहेको छ।

दोस्रो त्रैमासमा बैंकको अधिकांश सूचकहरु सुधारिएका छन् । २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस अवधिमा बैंकको जगेडा कोषको आकार ५३ करोड १३ लाखबाट बढेर ५९ करोड ६ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ । २७ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ बचत संकलन गरेको बैंकले २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

व्यवसाय विस्तारबाट बैंकले ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्दा बैंक २१ करोड ११ लाख ४५ हजार सञ्चालक मुनाफा आर्जन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ६ अर्ब, कर्जा परिचालन साढे ४ अर्ब, खुद ब्याज आम्दानी साढे १९ करोडले बढेको छ ।

बैंकको पूँजीकोष अनुपात १४.७७ प्रतिशत, कोषको लागत ८.६३ प्रतिशत, आधार ब्याजदर ११.८६ प्रतिशत, खराब कर्जा अनुपात १.३७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.३१ गुणा र स्प्रेडदर ५.३३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।