नेप्सेले रोक्यो ब्रोकर नम्बर १९ को कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर १९ नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको कारोबार रोक्का गरेको छ।

सो ब्रोकरले लगानीकर्तालाई शेयर कारोबार गरेको रकम भुक्तानी तथा राफसाफ गर्न नसकेका कारण तीन कारोबार दिनका लागि कारोबारमा बन्देज लगाइएको नेप्सेले जनाएको छ।

नेप्सेले शेयर कारोबारको रकम फिर्ता तथा राफसाफ टि प्लस थ्री मा गर्नुपर्ने व्यवस्था अनुसार गर्न नसक्ने धितोपत्र दलाल व्यवसायीहरुको कारोबार बन्द गर्ने गरेको छ।

कारोबार रोकिएसँगै शेयर बजारमा हाल आइरहेको उतार चढावको समयमा सो ब्रोकर कम्पनीबाट मात्रै शेयर खरीद बिक्री गर्दै आएका शेयर लगानीकर्ता मर्कामा परेका छन्। अब सो ब्रोकर कम्पनीबाट दिनपछि मात्र कारोबार गर्न सक्नेछन्।