दुई विकास बैंकले पठाए लगानीकर्ताको बैंक खातामा लाभांश

0
Shares

कैलाश विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न साधारण सभाबाट पारित गरेका लाभांश पठाएका छन्।

कैलाश विकास बैंक (KBBL) ले २.७७ प्रतिशत र कञ्चन डेभलपमेन्ट बैंकको ६ प्रतिशत नगद लाभांश शेयरधनीको डिम्याट खातामा अद्यावधिक बैंक खातामा नै नगद लाभांश पठाएका हुन्।

कैलाश विकास बैंकको पुस २५ गते सम्पन्न साधारण सभाले १६ प्रतिशत बोनस शेयर र कर सहित २.७७ नगद लाभांश अनुमोदन गरेको थियो। सोही अनुसार पुस २९ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीलाई लाभांश वितरण गरेको हो। बैंकले हालसम्म पनि कागजी शेयर धारण गर्ने र नगद लाभांश प्राप्त नगरेका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ।

उता कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले पनि माघ ३ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा ६ प्रतिशत नगद लाभांश जम्मा गरेको छ।

कञ्चन डेभलपमेन्ट बैंकको पुस २९ गते सम्पन्न साधारण सभालेगत आवको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

कञ्चनले पनि हालसम्म कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर डिम्याट गर्न र नगद लाभांश प्राप्त नगरेका शेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ।