लक्ष्मी बैंकको लाभांश क्षमता १२ प्रतिशत, अधिकांश सूचकमा बढोत्तरी

0
Shares

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५९ करोड १८ लाख ४४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

९ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आवको ६ महिनामा कमाएको मुनाफाबाट लाभांश क्षमता १२ प्रतिशत कायम भएको हो। बैंकले ९० करोड ३० लाख २९ हजार खुद नाफा आर्जन गरेकोमा २३ करोड ०४ लाख बैधानिक जगेडा र ८ करोड ७ लाख नियामकीय जगेडा कोषमा व्यवस्था गरेको छ ।
गरेको छ ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्यपी बैंकको आगमी ६ महिनामा हुनसक्ने थपघट तथा बैंकको हालसम्म सञ्चित विपतरणयोग्य नाफा एक अर्ब १ करोड रुपैयाँबाट वितरण गर्दा भने शेयरधनीले प्राप्त गर्नसक्ने लाभांश भने फरक पनि पर्नसक्ने देखिन्छ। किनभने बैंक तथा वित्तीय संस्थाले चालु आव भन्दाअघि आर्जन भएको सञ्चित मुनाफाबाट समेत लाभांश वितरण गर्नसक्दछन्।

वित्तीय विवरणमा बैंकको अधिकांश सूचकहरुमा सुधारिएका छन्। समीक्षा अवधिमा बैंकको पूँजी १० प्रतिशत, जगेडा कोष १.३२ प्रतिशत, खुद ब्याज आम्दानी २० प्रतिशत, सञ्चालन नाफा साढे २० प्रतिशत, निक्षेप करिब १० प्रतिशत, कर्जा लगानी १४ प्रतिशतले बढोत्तरी भएको हो। यस्तै पूँजी वृद्धिका बाबजुत बैंककको इपिइस पनि ८० पैसाले बढेको छ ।

पुस मसान्तसम्ममा बैंकको खुद नाफा ९० करोड ३० लाख २९ हजार रुपैयाँ र सञ्चालन मुनाफा १ अर्ब २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको नाफा २४.७६ प्रतिशत तथा सञ्चालन मुनाफा २०.०१ प्रतिशतले बढेको हो। बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा, पूँजी कोष अनुपात १३.१७ प्रतिशत, खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, आधार ब्याजदर १०.०९ प्रतिशत, स्प्रेडदर ४.२३ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.१९ गुणा छ।

पुस मसान्तसम्ममा बैंकले ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ। यसबाट बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४५ करोड ४३ लाख ब्याज आम्दानी कमाएको थियो।