स्वदेशी लघुवित्तको खुद नाफामा ८२.४६ प्रतिशतको उच्च सुधार

0
Shares

स्वदेशी लघुवित्तको खुद नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२.४६ प्रतिशतको उच्च सुधार देखिएको छ ।

गत आवको यसै अवधिमा २ करोड ६४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको यसै अवधिमा ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

खुद ब्याज आम्दानीका साथै सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफामा बढोत्तरी देखिएको हो। लघुवित्तको सञ्चालन नाफा ८० प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ५८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

खुद नाफामा आएको उच्च सुधारसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९८ पैसा कायम भएको छ ।लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २१.१० गुणा छ।

चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १४ करोड ७९ लाख ९६ हजार रुपैयाँ सञ्चित गरेको छ । पुस मसान्तसम्ममा लघुवित्तले एक अर्ब १९ करोड ६ लाख निक्षेप संकलन र २ अर्ब ६० करोड ६७ लाख रुपैयाँ सापटीबाट ३ अर्ब ७७ करोड ८२ लाखरु पैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस अवधिमा लघुवित्तले १५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले १० करोड १४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.८७ बाट घटेर १.८२ प्रतिशतमा झरेको छ।