किसान माइक्रोफाइनान्सको खर्च र निष्क्रिय कर्जा बढेपछि घट्यो नाफा

0
Shares

किसान माइक्रोफाइनान्स (KMFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २६ प्रतिशत बढीले घटको विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ७४ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सले अघिल्लो पुससम्म १ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

सञ्चालन खर्च तथा कर्मचारी खर्चमा भएको वृद्धि र निष्क्रिय कर्जामा भएको बढोत्तरीले कम्पनीको नाफा घटेको हो ।

माइक्रोफाइनान्सले पुस मसान्तसम्ममा ४२ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९६ करोड ८० लाख सापटीबाट १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट किसानले ४ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.६० प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेपछि कम्पनीको नाफामा असर पुगेको हो ।

१० करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस माइक्रोफाइनान्सको जगेडा कोषमा २ करोड २ लाख रुपैयाँ रहेको छ।

माइक्रोफाइनान्सको यस अवधिको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ, १६० रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११८.९१ गुणा रहेको छ।