एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद बिक्रीको लागि माघ २७ गते बुक क्लोज

0
Shares

एनएलजी इन्स्योरेन्स (NLG) ले ६० प्रतिशत हकप्रद बिक्रीको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीका शेयरधनीहरुले हकप्रद लिने नलिने निर्णय माघ २६ गतेसम्म गरिसक्नुपर्ने छ । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन पाउनेछन् ।

कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले बीमा समितिले तोकेको पूँजी कायम गर्न विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

जसअनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकितदरले १० कित्ता शेयर बराबर ६ कित्ताको अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख ५० हजार कायम हुनेछ ।