आन्तरिक राजस्व कार्यालयका अधिकृत घुस रकम सहित नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

बिद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले अधिकारीलाई पक्राउ गरेको हो।

आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज रामकुमार अधिकारीलाई सेवाग्राहीसँग दश हजार घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।