भारतीय शेयर बजारमा मंगलबार पनि गिरावट

0
Shares

भारतीय सेयर बजारमा कारोबार हुने दोस्रो दिन मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको छ।

मंगलबार बम्बै स्टक एक्सचेन्ज (विएसी) परिसूचक सेन्सेक्स १८८ घटेको छ भने नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि ६३ अंकले घटेको छ ।

सोमबार बम्बै स्टक एक्सचेन्ज९विएसी० परिसूचक सेन्सेक्स ४५८.०७ तथा नेसनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि १२९.२५ अंकले घटेको थियो ।

मंगलबार कारोबार सुरु भएदेखि घट्न थालेको शेयर बजारमा बन्द हुँदासम्म गिरावट कायम रह्यो । चीनमा फैलियको कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रलाई नै प्रभावित गर्ने आशंकामा संसारभरका धेरै शेयर बजारमा गिरावट आएको हो ।

मंगलबारको गिरावटपछि भारतीय शेयर बजार परिसूचक सेन्सेक्स ४० हजार ९६६.१२ र निफ्टी १२ हजार ५५ अंकमा झरेका छन् । मंगलबार टाटाको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

यो साता भारतीय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले भारत सरकारको बजेट तथा आर्थिक सर्वेक्षणलाई हेरिरहेका छन् ।

आगामी साताको शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेस हुनेछ । आगामी शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्नेछिन् । बजेट सार्वजनिक गर्ने दिन नजिकिदै जाँदा शेयर बजार भने घट्दो क्रम देखिएको छ ।