सूर्योदय लघुवित्तको नाफा ७० % ले बढ्यो, त्रिलोकले कमायो साढे एक करोड

0
Shares

सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले ७०.५६ प्रतिशतले नाफा बढाएको छ ।

पुस मसान्तसम्म लघुवित्तको खुद नाफा २ करोड ७९ लाख रुपैयाँ छ। लघुवित्तले गत आवको पुससम्म १ करोड ६३ लाख नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफामा सुधार आएको हो।

पुस मसान्तसम्ममा ७६ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसले १ अर्ब ३७ करोड १० लाख विभिन्न बैंकहरुबाट सापटी लिएको छ । जसबाट ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी १५ करोड ५९ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा ९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। संस्थाले गत असार १९ गते त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८४ पैसा तथा प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ। यता त्रिलोक लघुवित्तले पुस मसान्तसम्म एक करोड ५७ लाख खुद नाफा गरेको छ । जसको चुक्ता पूँजी ६ करोड ९ लाख रुपैयाँ छ ।