समृद्धि फाइनान्स नोक्सानीमा

0
Shares

समृद्धि फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ लाख ८६ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। 

समस्याग्रस्त रहेको साविकको वल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा नयाँ समुह प्रवशे गरेपछि फाइनान्सको नाम परिवर्तन गरेर समृद्धि बनाइएको हो। यस कम्पनीले अर्को समस्याग्स्त फाइनान्स क्रिष्टल फाइनान्सलाई प्राप्ती गर्ने निर्णय समेत गरेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न अनुमति दिई नसकेका कारण फाइनान्सको निक्षेप ११ करोड ८३ लाख र कर्जा परिचालन ६ लाख २ हजार रुपैयाँ मात्र रहेको छ।

१८ करोड १९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोयामा २२ करोड ९८ लाख छ भने शेयरधनी कोष ३२ करोड २८ लाख ३४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात शतप्रतिशत नै रहेको छ।

फाइनान्सकोे पुस २९ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।