सानिमा बैंकको श्रीपञ्चमीमा डिजिटल सौगात, डिजिटल सेवा र एक सयको टपअप सित्तैमा

0
Shares

सानिमा बैंक लिमिटेडले श्रीपञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा विद्यार्थीवर्गलाई मात्र लक्षित गरि आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ। साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन्। यस योजना माघ १६ र माघ १७ गते दुई दिनका लागि लागू हुनेछ।

विद्यार्थीवर्गलाई लक्षित गरि सञ्चालनमा ल्याइएको यस योजनाबाट सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ। यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिने बैंकका रिटेल निक्षेप व्यवस्थापन प्रमुख विमल वास्तोलाले जानकारी दिए।