भर्खरै स्थापना भएको राष्ट्र उत्थान लघुवित्तको नाफा एक करोड माथि

0
Shares

राष्ट्र उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

भर्खरै स्थापना भई चालु आवको प्रथम त्रैमासमा २४ लाख ९४ हजार नाफा कमाएको यस राष्ट्र उत्थान लघुवित्तले पछिल्लो तीन महिना अवधिमा ९३ लाख ४० हजार रुपैयाँले नाफा वृद्धि गरेको हो। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा कायम भएको छ।

चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तले ५७ करोड ७८ लाख निक्षेप संकलन र ५८ करोड ८३ लाख रुपैयाँ कर्जा सापटीबाट १ अर्ब २० करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ९ करोड ४६ लाख ब्याज आम्दानी र ४ करोड २२ लाख ब्याज खर्च गरी ५ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत रहेको छ।

लघुवित्तले २०७५ फागून ८ गतेबाट वित्तीय कारोबारको सुरुवात गरेको थियो।