बैंक अफ काठमाण्डूले भक्तपुरको सजंय साई विद्या मन्दिरलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न उक्त सहयोग गरेको जनाएको छ ।
बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरे ।
विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया