नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसदमा पेश हुने

0
Shares

नागरिक उड्डयन प्राधिकरणको सेवा प्रदायक र नियामक अलग गर्ने विधेयक संसदमा दर्ता गर्न सरकारले स्वीकृति दिएको छ ।

विधेयक संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

विधेयक पारित भएर कार्यान्वयनमा आएपछि उड्डयन क्षेत्रको नियमन र सेवा प्रदान बेग्लाबेग्लै निकायले गर्नेछन् ।

अब मन्त्रालयले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण गरी दुई अलग नाम रहने गरी विभाजन गर्न लागेको हो ।