आइएमई सोलुसन र युकेएड सक्षमवीच जनकपुरलाई क्यासलेस शहर बनाउने सम्झौता

0
Shares

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच जनकपुरलाई नेपालको पहिाले क्यासलेस शहर बनाउने सम्बन्धी साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ ।

जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तिय पहुंच पु¥याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहने बताइएको छ ।

सोही कार्यक्रममा विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भए सँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो ।