महालक्ष्मी विकास बैंकद्वारा टेकु अस्पतालमा ‘क्यु म्यानेजमेन्ट’ उपकरण जडान

0
Shares

महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालाई सहयोग गरेको हो ।

अस्पतालको ८६औं वार्षिकोत्सव समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावलले क्यु म्यानेजमेन्ट उपकरणको उद्घाटन गरे ।

अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरिएको बैंकले जनाएको छ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।