भारतीय शेयर बजार बिहीबार पुन: घट्यो, सेन्सेक्स र निफ्टी दुबै ऋणात्मक

0
Shares

भारतीय शेयर बजार बिहीबार घटेको छ। सोमबार र मंगलबार दुई दिन घटेको भारतीय शेयर बजार बुधबार सकारात्मक भएकोमा बिहीबार पुन: ओरालो लागेको हो।

भारत सरकारले आगामी शनिबार आर्थिक वर्ष सन् २०२०।२१ को बजेट आउने तयारी अन्तिम चरणमा रहँदै गर्दा भारतीय शेयर बजारले नकारात्मक दिशा लिएको हो ।

बिहीबार बम्बै स्टक एक्सचेञ्ज (विएसी) परिसूचक सेन्सेक्स २८५ अंकले घटेकोे छ भने नेसनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टीमा पनि ९४ अंकले गिरावट आएको छ।

बिहीबार सेन्सेक्स २८५ अंक घटेर ४० हजार ९१६ दशमलव ८२ बिन्दुमा बन्द भयो भने निफ्टी पनि ९४ अंकले घट्दै १२ हजार ३५ दशमलव ८० बिन्दुमा बन्द भएको छ । बजेट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा घरेलु लगानीकर्ताहरू सतर्क देखिएका छन्। बिहीबारको बजारमा फर्मा, उत्पादनमूलक, बैंक र मेटल स्टकको कारोबारमा बढी दबाब देखिएको थियो।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरेकाका कारण सो को असर विश्वब्यापी बजारमा परेको हो । बुधवार, अमेरिकी बजार लगभग बन्द थियो। यहि समयमा, कोरोना भाइरस संक्रमणका कारण आज एशियाली बजारमा पनि कमजोर बन्न पुगेको छ।

आजको कारोबारमा निफ्टीका सबै प्रमुख ११ सूचकाङ्कमा गिरावट आएको छ। फार्मा इन्डेक्स २ प्रतिशत भन्दा बढी टुक्रिएको छ। उत्पादनमूलक सूचाङ्क करिब १.५ प्रतिशत गिरावट आएको छ। मेटल र पब्लिक बैंक सूचाङ्क पनि १ प्रतिशतले बढीले गिरावट आएर बन्द भयो।
निफ्टी बैंक ०.७७ प्रतिशतले घट्दै १२ हजार ३५ दशमलव ८० मा बन्द भयो। सेन्सेक्समा आबद्ध ३० मध्ये २१ वटा स्टक बिहीबार ऋणात्मक भएर बन्द भएको छ।

आज रिलायन्स इन्डष्ट्रिज लिमिटेड २.५ प्रतिशत र इंडसइंन्ड बैंक २ प्रतिशत भन्दा बढीले घटेको छ। अल्ट्राटेक सिमेन्ट, महिन्द्रा एन्ड महिन्द्रा र एसबीआई पनि शीर्ष गुमाउने कम्पनीमा रहेका छन्।

उता अजाज अटो, पावरग्रीड, आईसीआईसीआई बैंक, एशियन पेन्ट्स र लार्सन एण्ड टुर्वो शीर्ष कमाउने सूचीमा परेका छन्।