सिभिल लघुवित्तको अधिकांस सूचकमा सुधार, खराब कर्जा भने बढ्यो

0
Shares

सिभिल लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म एक करोड ६६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३५.५५ प्रतिशतले बढी हो।

गत वर्षको यसै अवधिमा लघुवित्तले ७४ लाख २६ हजार खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ११ करोड ४१ लाख रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । जगेडाकोष समीक्षा अवधिको तुलनामा दोब्बर बढी छ ।

लघुवित्तले ३५ करोड ३५ लाख निक्षेप संकलन र ७४ करोड ४८ लाख सापटीबाट एक अर्ब १७ करोड कर्जा परिचालन गरेको छ । जसबाट लघुवित्तले ४ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३० बाट ३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ४५.३४ गुणा बढी छ ।

लघुवित्तले हकप्रद जारी गरेर पूँजी वृद्धि गर्ने भएको छ। लघुवित्तले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद निष्काशन पश्चात २२ करोड ८२ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।