नेरुडे लघुवित्तको नाफा साढे ५८% ले बढ्दा ईपिएस ८.३४ रुपैयाँले सुधार

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा भन्दा ५८.४५ प्रतिशतले खुद नाफा बढेको विवरण सार्वजनिक गरेको छ ।

पुस मसान्तसम्म संस्थाले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत आवको यसै अवधिमा संस्थाले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै खुद नाफा बढेको हो। नाफा बढ्दा प्रतिशेयर आम्दानी समेत ८ रुपैयाँ ३४ पैसाले बढेर ३०.४३ रुपैयाँ कायम भएको छ। लघुवित्तले ६ महिनाको अवधिमा ९ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

२ अर्ब १४ करोड ७४ लाख निक्षेप र २ अर्ब ४७ करोड ७० लाख सापटीबाट ५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको संंस्थाले २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ भने जगेडाकोषमा ४६ करोड ३४ लाख राखेको छ । जसको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५५ पैसा, मूल्य आम्दानी अनुपात २०.४७ गुणा छ । खराब कर्जा केहि बढेर २.१० प्रतिशत पुगेको छ।