नयाँ नेपाल लघुवित्तको संचालन नाफा ९१४ प्रतिशतले वृद्धि

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा बढोत्तरी भएको विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यस अवधिको तुलनामा ४२५.६० प्रतिशतले खुद नाफा बढाएको छ । संस्थाले पुस मसान्तसम्म १ करोड ३२ लाख खुद नाफा गरेको छ । अघिल्लो पुससम्म संस्थाको नाफा २५ लाख २३ हजार मात्र थियो ।

संस्थाले समीक्षा अवधिमा संस्थाले १ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ भने २ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । दुवै समीक्षा अवधिको तुलनामा धेरै हो।

संस्थाको खुद ब्याज आम्दानी १०१.६४ तथा सञ्चालन ९१४.१५ ले वृद्धि भएको हो । लघुवित्तको सञ्चालन नाफा ६ लाख ४३ हजार रुपैयाँबाट वृद्धि भएर १ करोड ९३ लाख ८१ हजार पुगेको हो।

पुस मसान्तसम्म लघुवित्तले १९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन तथा ९१ करोड ४७ लाख रुपैयाँ सापटी लिएर १ अर्ब १२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

संस्थाको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ। समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ४६.२७ प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा २ करोड ३८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले खराब कर्जा पनि घटाएर १.५१ प्रतिशतमा सीमित गरेको छ । संस्थाको प्रतिशेयर आम्दानी २६.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ६६ पैसा तथा मूल्य आम्दानी अनुपात २४.१६ गुणा छ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस वितरण गरेको थियो । साथै उसले शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव समेत पारित गराइसकेको छ ।