राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात उच्च मा.वि.मा सूचना प्रविधि कक्षा स्थापना

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचना तथा संचार प्रविधि कक्षाको स्थापना गरी आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सुचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताए ।