प्रभु र समृद्धि क्यापिटलले मर्जरको प्रस्ताव राखेर बोलाए साधारण सभा

0
Shares

प्रभु क्यापिटल र समृद्धि क्यापिटलले मर्जरमा जाने प्रस्ताव राखेर एकैदिन साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेका छन् ।

प्रभु क्यापिटलको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको २.२ प्रतिशत अर्थात ४५ लाख ८४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव पनि पारित गर्नेछ । प्रभुको चुक्तापुँजी २१ करोड रुपैयाँ छ ।

समृद्धिले पनि सोही दिन मर्जरका साथै ६.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव राखेर साधारण सभा राखेको छ । साधारण सभाले प्रभुसंग मर्जरमा जाने, चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन प्रतिवेदन र शेयर आदनदान अनुपात (स्वाप रेसियो) लाई अनुमोदन गर्ने छ ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको छ।प्रभु क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त कम्पनीको हो । त्यस्तै समृद्धि क्यापिटल लिमिटेड लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त संस्था हो ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ ।