सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत

0
Shares

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको छ।  गत कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म जारी गरेको उक्त ऋणपत्र बैंकले माघ १५ गते बुधबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत गराएको हो। यद्यपी हालसम्म पनि डिबेञ्चरेको दोस्रो बजारमा शेयर जसरी कारोबार हुनेगरेको भने छैन।

बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेगरि ७ वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको ‘सनराइज डिबेञ्चर २०८३’ बिक्री गरेको थियो। जसमध्ये १२ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको थियो।

ऋणपत्र सूचीकृत भएसँगै सनराइज बैंकको ऋणपत्रमा लगानी गरेकाले धितोपत्रको दोस्रो बजारमा समेत कारोबार गर्न खुला भएको छ। यस ऋणपत्रलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ।