नेप्से बढेपनि शेयर कारोबार रकम सातामा साढे २३ प्रतिशतले घट्यो

0
Shares

शेयर बजार परिसूचक नेप्से सातामा २७.९१ अंक बढ्दा पनि यस साता शेयर बजारमा कारोबार रकम खुम्चिएको छ। नेप्से सूचक यस साता बढेर १ हजार ३२५ दशमलव ३८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साप्ताहिक कारोबार अनुसार यस साता यस साता १८४ कम्पनीको १ करोड ६२ लाख ८९ हजार कित्ता शेयर ६ अर्ब ५४ करोड २७ लाख रुपैयाँ बराबरको खरीद बिक्री भएको छ। अघिल्लो साता धितोपत्र बजारमा ८ अर्ब ५४ करोडको कारोबार भएको थियो।

सूचीकृत कम्पनीहरुले गत आवको मुनाफाबाट वितरण गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा र शेयर बजारले बुलिस प्रवृत्ति कायमै राखेका कारण बैंकिङ्ग प्रणालीमा तरलता घट्दा समेत सो को प्रभाप शेयर बजारमा पर्न पाएन। बजार बढोत्तरी हुने क्रमले निरन्तरता पाउँदा सूचकसँगै कारोबार रकममा पनि पछिल्लो समय बढोत्तरी दखिँदै आइरहेको छ । यस्तै यस साता दैनिक औसत एक करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भयो।

बजार बढेसँगै शेयर लगानीकर्ताको कूल सम्पत्ति २.१७ प्रतिशतले बढेर बजार पूँजीकरण १६ खर्ब ९० अर्ब ४५ करोड कायम भएको छ। पछिल्लो साता मात्र यस्तो रकम ३५ अर्ब ९२ करोड ७८ लाख रुपैयाँले बढी बढेको छ।

यस साता बजार पूँजीकरणका हिसाबले नेपाल टेलिकम ९३ अर्बका साथ शिर्ष स्थामा रह्यो। यसैगरि नबिल बैंक ७४ अर्ब, नेपाल लाईफ ६२ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंक ५५ अर्ब, ग्लोबल आईएमई बैंक ५४ अर्ब, एभरेष्ट बैंक ५३ अर्ब, एनएमबि ५१ अर्ब, स्ट्याण्डर्ड चार्टड ४८ अर्ब, हिमालयन बैंक ४७ अर्ब, र दशौं स्थानमा रहेको एनएआईसी एशिया बैंकको ४६ अर्ब माथिको बजार पूँजीकरण कायम भएको छ।

सातामा नेपाल लाइफ इन्स्योरेन्स कारोबार आधारमा अग्र स्थानमा छ। कम्पनीको यस साता ३३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भयो। ग्लोबल आईएमई बैंक, सूर्या लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स, प्रभु बैंक, एशियन लाईफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, शिखर इन्स्योरेन्स, र ग्रामीण विकास लघुवित्तको उच्च कारोबार भयो। शिर्ष दशमा परेको ग्रामीण विकास लघुवित्तको नै १६ करोड बढीको शेयर कारोबार भएको हो ।