हेटौंडा–काठमाडौं सुरुङमार्ग चैतदेखि निर्माण शुरू गरिने

0
Shares

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए।

मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने बताए । उनले हेटौंडाबाट काठमाडौं जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए। प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने जानकारी दिए ।

प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए।