नेपाल एसबिआई बैंकको साढे २ अर्बको ऋणपत्र बिक्रीमा

0
Shares

नेपाल एसबिआई बैंकले माघ २८ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले ‘१० % नेपाल एसबिआई बैंक ऋणपत्र २०८६ ‘ नामक जारी गर्ने भएको हो। बैंकले एक हजार रुपैयाँ अंकित दरले १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र बिक्री गर्न लागेको हो।

बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणहरुमा तथा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत गत तवरबाट बिक्री गर्ने भएको छ। जस मध्येमा ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र म्युचुअल फण्डका लागि छुट्याएको छ।

यस ऋणपत्रमा छिटोमा फागुन २ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा सबै ऋणपत्र बिक्री नभए ढिलोमा फागुन २८ गतेसम्म बिक्री खुल्ला रहने छ। सिआश्वा प्रणालीमा आवद्ध भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्रमा आवेदन गर्न सकिनेछ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो ।