डब्लुटिओलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

डब्लुटिओलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ। उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औं प्रधानमन्त्री बनेका थिए। उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन्। देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन्।

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन्।

हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने। उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार ११ : ०६ बजे