रिलायन्स फाइनान्स मर्जरमा तथा प्राप्तीमा जाने बाटो खुला गर्दै

0
Shares

रिलायन्स फाइनान्स मर्जर तथा प्राप्तीमा जाने भएको छ। लाभांश अनुमोदनसँगै मर्जर तथा प्राप्तीलाई मुख्य एजेण्डा राखेर फाइनान्सले फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा फाइनान्सको दशौं वार्षिक साधारण सभा आह्वान छ ।

सभामा फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तीमा जाने लगायतका आवश्यक सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

यस्तै सञ्चालक समितिले गत आवको मुनाफाबाट वितथरण गर्न प्रस्ताव गरेको कर सहित ६.५८ प्रतिशत (५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ) नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ । साधारण सभाका लागि फाइनान्सले माघ २८ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनुका साथै लाभांश पाउनेछन्।

त्यस्तै, सभामा फाइनान्सले नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सो अनुरुप कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।