रिलायन्स फाइनान्सले मर्जरको एजेण्डा सहित लाभांश पारित गर्ने

0
Shares

रिलायन्स फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने एजेण्डासहित गत आर्थिक बर्षको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सले फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

उक्त साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद बाड्नेछ । हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख छ ।

साथै फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न तथा गाभिन गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज गर्दैछ । जस अनुसार माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले लाभांश पाउनेछन् ।