नेप्सेमा एक करोड ४२ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Shares

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार मंगलबार प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता सूचीकृत भएको हो ।

बैंकको गत मंसिर ६ गते सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८ अर्ब ८९ करोड २६ लाखको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।