प्राइम लाइफको जीवन बीमा कोष १० अर्ब माथि, व्यवसाय विस्तार हुँदै

0
Shares

प्राइम लाईफ इन्स्योरेन्स (PLIC) ले आर्थिक वर्ष २०७६/७७ को दोस्रोे त्रैमासिक अवधिमा १ अर्ब ५९ करोड बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क आर्जन २४ प्रतिशतले बढेको हो।

त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोषमा १० अर्ब १३ करोड छ भने महा विपत्ती कोषमा १२ करोड ८९ लाख रहेको छ ।

कम्पनीको पुस मसान्तसम्मको खुद नाफा १५ करोड ६० लाख छ। गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ०५ लाख कमाएको थियो । प्राइम लाइफको नाफा समीक्षा अवधिको तुलनामा ७२ प्रतिशतले बढेको छ।

त्यसैगरी लगानी, कर्जा तथा अन्यबाट ४३ कारोड ५८ लाख र वीमालेख धितो कर्जाबाट ४ करोड ९३ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३० करोड ३७ लाख खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १६ करोड ५७ लाख र व्यवस्थापन खर्च २५ कोरोड ०३ लाख गरेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ६० लाख रहको छ भने भुक्तानी हुन बाँकी दाबी संख्या ४६ रहेको छ ।

कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ३० हजार ०३९ रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ४ करोड रहेको छ।  कम्पनीको प्रति शेयर आम्दानी १५.५४ रुपैयाँ  र नेटवर्थ १५४.४६ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २६.७० गुणा रहेको छ ।