बेष्ट फाइनान्सको कम्पनी सचिवमा शाक्य

0
Shares

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हेबेन्द्र शाक्यलाई कम्पनी सचिव नियुक्त गरेको छ।

फाइनान्स कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको ४८७ औं बैठकले माघ २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको फाइनान्सको प्रमुख मानव संसाधन प्रमुख खेमदेव घिमिरेले जानकारी दिए।

शाक्य यसअघि फाइनान्सको सम्पत्ति शुद्धीकरण निवारण तथा कार्यान्वयन इकाईको प्रमुखको जिम्बेवारीमा रहेका थिए।