सिटिजन्स बैंकको सिटिजन्स स्मार्ट बचत खाता’

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ।

सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको बैंकले यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको कुनैपनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउनेछन्।

यस खाता अन्तर्गत ग्राहक महानुभावहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रि डी प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाताबाहकहरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।

यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन। यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।