बालुवाटार जग्गा प्रकरणमा तीन पूर्व मन्त्रीसहित १७५ जना विरुद्ध मुद्धा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तीन पूर्व मन्त्रीसहित १७५ जना विरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले तत्कालीन उप-प्रधानमन्त्री विजय कुमार गच्छदार सहित तीन मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी १७५ जना उपर आरोपपत्र दायर गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अख्तियारका अनुसार पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध मुद्दा दायर भएको हो ।

विस्तृत विवरणको लागि  क्लिक गर्नुहोस ।