सपोर्ट माइक्रोफाइनान्सको नाफा ६३ लाख

0
Shares

सपोर्ट माइक्रोफाइनान्स (SMB) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ७ लाख १८ हजार मात्र नाफा कमाएको थियो।

दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको चुक्ता पूँजी चुक्ता पूँजी ६ करोड रुपैयाँ र वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसा छ।

यस अवधिसम्ममा लघुवित्तले १७ करोड ७ लाख रुपैयाँ निक्षेप तथा ६१ करोड २७ लाख रुपैयाँ सापटीबाट कूल ८१ करोड २ लाख रुपैयाँ आफ्ना ऋणीहरुमा कर्जा प्रवाह गरेको छ। यसबाट लघुवित्तले २ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले १ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड १२ लाख सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा छ। यस्तै मूल्य आम्दानी अनुपात ३२.३२ गुणा छ।

माइक्रोफाइनान्सको खराब कर्जा अनुपात १.७७ बिन्दुले घटेर १.७६ प्रतिशत कायम भएको छ। यस्तै पूँजी कोष अनुापत ९.४७ प्रतिशत, कोषको लागत ११.०६ प्रतिशत र कूल सम्पत्तिको मूल्य १ हजार ५२२ रुपैयाँ रहेको छ।