समीट लघुवित्तको शेयर कारोबार रोकियो, सजिलोसँग मर्जर सम्झौता

0
Shares

समिट लघुवित्त र सजिलो लघुवित्त एक आपसमा मर्जरमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समीट लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।

समीट झापामा रहेको लघुवित्त हो भने सजिलो गोरखामा रहेको लघुवित्त हो ।हाल समीटको चुक्ता पुँजी २५ करोड ४३ लाख छ भने सजिलोको चुक्ता पुँजी १४ करोड रहेको छ। सजिलोले आइपीओ निश्कासन गरिसकेको छैन ।

यी दुई लघुवित्तबीच एक बराबर एकको स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।  मर्जर भई बन्ने नयाँ संस्थाको नाम, लोगो समीट लघुवित्तकै कायम रहनेछ । यस्तै, मर्जरपछि बन्ने संस्थाको संचालक समिति अध्यक्ष समीटको तर्फबाट हुनेछ भने संचालकहरुमा २ जना समीटको तर्फबाट र ३ जना सजिलोको तर्फबाट आउने सहमति भएको छ।

समीट लघुवित्त १५ जिल्लामा काम गरिरहेको वित्तीय संस्था हो भने सजिलो राष्ट्रियस्तरको लघुवित्त हो ।