सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी घट्यो, ८१ करोड ३० लाख अझै बाँकी

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) को चालु आवको दोस्रो त्रैमासमा दाबी भुक्तानी रकम घटेको छ। चालु आवको ६ महिनामा कम्पनीले २ हजार ७४९ दाबीबाट परेको ४६ करोड ३६ करोड ६८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी रकम ८ करोड १२ लाख ५२ हजार रुपैयाँले कम भुक्तानी भएको हो। गत आवको यसै अवधिमा ३ हजार १६९ दाबी बापत ५४ करोड ४९ लाख २० हजार भुक्तानी गरेको थियो। कम्पनीले अझै ४ हजार ६०९ दाबीबाट परेको ८१ करोड ३० लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। गत आवको यसै अवधिमा कम्पनीले २ हजार ८४४ दाबीमा परेको ५८ करोड ५६ लाख ४१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।

वित्तीय विवरण अनुसार इन्स्योरेन्सले यस अवधिमा खुद बीमाशुल्क ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको यस्तो शुल्क ४४ करोड २७ लाख रहेको थियो।

इन्स्योरेन्सको खुद नाफामा पनि सुधार देखिएको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सले खुद नाफा १७ लाख ९६ हजारले बढाएर ९ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।

आव २०७४/७५ को मुनाफाँट १५.४८ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडा कोष लाभांश वितरणपछि २ करोड ३८ लाख घटेर २० करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै बीमा कोष १४ करोड ७७ लाख बढेर ७२ करोड ३२ लाख रुपैयाँ र महा विपत्ती जगेडामा १ करोड २२ लाखले सुधार भई ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

पूँजीवृद्धि अनुसार नाफा बढ्न नसक्दा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २.४२ रुपैयाँले संकुचन आई १८ रुपैयाँ ३२ पैसा कायम भएको छ। यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०१.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०९ गुणा रहेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले दीर्घकालीन लगानी तथा कर्जामा ३४ करोड १ लाख र अल्पकालीन कर्जामा २ अर्ब २१ करोड ८५ लाख रुपैयाँ प्रवाह गरेको छ। यसबाट इन्स्योरेन्सले ६ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ।