गुणस्तर विभागद्धारा तीन स्टील उद्योगको ब्राण्ड इजाजत खारेज

0
Shares

नेपाल गुणस्तर तथा नाप तौल विभागले तोकिएको मापदण्ड बमोजिम वस्तु उत्पादन नगरेको भन्दै तीन स्टील उद्योगको ब्राण्ड इजाजत खारेज गरेको छ।

विभागले गोदावरी स्टील प्रा.ली रौतहट, गोयन्का स्टील रुपन्देही र अशोक स्टील बाराको केही ब्राण्डका उत्पादनको इजाजत खारेज गरेको हो।

विभागले गोदावरी स्टीलकोे टिएमटि बार ८ एमएम र गोयन्का स्टीलको टिएमटि ८ एमएम साइजको इजाजत खारेज गरेको जनाएको छ । यस्तै अशोक स्टीलका टिएमटि १२ एमएम साईजको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन दिदै स्पष्टिकरण माग गरेको छ ।